रसुवागढी नाकाबाट चीन जाने नेपाली महिला कामदारको संख्या ह्वात्तै बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौँ, १५ कार्तिक । नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी हुँदै केरुङ जाने महिला कामदारको संख्या ह्वात्तै बढेको छ। चिनियाँ नेसनल कंग्रेस सभालाई मध्यनजर राख्दै नेपाल फर्काइएका कामदार कंग्रेस सभा सकिएपछि पुनः चीन जान थालेका हुन्।

अहिले यो नाका हुँदै दैनिक ४० देखि ५० जना महिला केरुङ जान थालेको माइती नेपाली प्रतिनिधि अम्बिका श्रेष्ठले बताएकी छन् । उनका अनुसार १५ देखि २५ वर्ष उमेरका धेरै नेपाली महिला केरुङका विभिन्न होटलमा जोखिमपूर्ण रुपमा काम गर्दै आएका छन्।

महिला कामदारलाई केरुङ प्रवेशमा प्रहरीले कडाई गरेको छ । तर अभिभावकहरुले नै सीमासम्म पु¥याएर चिनियाँ व्यवसायीको जिम्मा लगाउने गरेको सिमा प्रहरी चौकी टिमुरेले जनाएको छ । अन्तराष्ट्रिय नाकाको रुपमा यो नाकाले मान्यता पाएसँगै केरुङमा होटल व्यवसाय फस्टाउँदै गएपछि नेपाली महिलाहरु पनि यहाँ कम गर्न जानेक्रम बढ्न थालेको हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);