निउरो टिप्न गएका महिलामाथी बाघको आक्रमण, एकको मुत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चितवन, १६ असोज ।  बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएकी अन्दाजी २५ वर्षीया एलु चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
बिहान आठ, नौजना साथी मिलेर निउरो टिप्न जंगलमा गएकामा एकजनालाई बाघले आक्रमण गरेपछि अरुले भागेर ज्यान जोगाएका थिए ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले बाघको आक्रमणबाट महिलाको मृत्यु भएको जानकारी आएपछि अहिले हात्तीसहितको नेपाली सेना र निकुञ्जको टोली घटनास्थलमा पठाएका थिए ।

उक्त निकुञ्जका अनुसार गएको आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट १३ जनाले ज्यान गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);