एकैदिन दुईपटक पसिना आएपछि भीमेश्वरमा गरियो क्षमापूजा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दोलखा, १६ असोज । करिब एक साताअघि प्रसिद्ध दोलखा भीमेश्वरलाई एकैदिन दुईपटक पसिना आएपछि संकट टरोस् भन्दै आज क्षमापूजा गरिएको छ ।

राष्ट्रपति कार्यालयबाट पठाएको पूजा सामग्रीसहितले आज दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो । भीमेश्वरलाई पसिना आएपछि सो पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमापूजा पठाउने प्रचलन छ ।

पसिना पुछिएको कपास ‘महाप्रसाद’ ग्रहण गर्दै राष्ट्रपतिले मुलुकमा कुनै संकट नआओस् भन्ने कामना गरेकी थिइन् । क्षमापूजाका क्रममा १३ जना पण्डितबाट लघुरुद्री गरिएको छ ।

क्षमापूजा समापनपछि आजै सो पूजाको प्रसाद राष्ट्रपति कार्यालयमा ल्याइने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);