कर्फ्युकाबीच रातो मच्छिन्द्रनाथको क्षमा पूजा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कर्फ्युकाबीच रातो मच्छिन्द्रनाथको क्षमा पूजा सम्पन्न

काठमाडौं, १९ भदौ । शुक्रबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको क्षमा पूजा गरिएको छ । कर्फ्युका बीच केही सरोकारवाला व्यक्तिको उपस्थितिमा क्षमापूजा गरिएको हो ।रातो मच्छिन्द्रनाथको रथयात्रा नगरी क्षमापूजा मात्र गरेर देवतालाई बुङमती पु¥याउने पाटनका विभिन्न १८ जातीय खलःबीच सहमति भएपछि क्षमा पूजा गरिएको हो ।

कोरोना भाइरस संक्रमण जोखिमका कारण लामो समयदेखि मच्छिन्द्रनाथको रथयात्रा हुन नसकेपछि शुक्रबार बिहान ९ बजेर ३० मिनेटको साइतमा क्षमा पूजा भएको थियो । विश्वव्यापी बनेको कोरोना भाइरस संक्रमणको जोखिमका कारण भिडभाड नगर्न सरकारले आग्रह गर्दै आएको छ । रथयात्रा गर्न पाउनुपर्ने भन्दै स्थानीय युवाहरुले निषेधाज्ञा तोडेपछि बिहीबार प्रहरीसँग झडप भएको थियो ।

रथयात्रा हुनुपर्छ भनेर माग गरिहरहेका स्थानीय र प्रहरीबीच बिहीबार भएको झडपपछि सरोकारवालाहरुको बैठक बसेका थियो । बैठकको निर्णय अनुसार भदौ २१ गते हाल पुल्चोकमा अवस्थित रथ त्यहाँबाट अलि पर रहेको सोह्रखुट्टेपाटीसम्म तान्ने र छ्वयलाबु मनाउने,२२ गते भुःज्या मनाउने अनि साइत हेर्ने र साइत प्राप्त भएमा २६ गते मच्छिन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखेर बुङमती लगिने छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);