आज दिउँसो ३ बजे रातो मत्स्येन्द्रनाथको रथ तानिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज दिउँसो ३ बजे रातो मत्स्येन्द्रनाथको रथ तानिने

काठमाडौं, २१ भदौ । ‘वर्षा र सहकालका देवता’ रातो मत्स्येन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ । यसवर्ष मत्स्येन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो ।

पुचःका संयोजक चन्द्र महर्जनका अनुसार आज बिहानैदेखि १९ औँ जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनुका साथै रथ तान्ने व्यवस्थापनसमेत भईरहेको छ । कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नहुँदा तीन–तीन फिट वा छ फिटको दूरीमा हरेक मानिसलाई राखेर हातैले रथ तान्ने भएको उहाँले बताउनुभयो ।

विगतका वर्षझैँ यसवर्ष टोलटोलमा रथयात्रा गर्न नसकेकाले शुक्रबार र शनिबार देशमा कुनै अनिष्ट नहोस् भनेर क्षमापूजा गरिएको थियो । आउँदो शुक्रबार सम्भव भएसँगै मच्छिन्द्रनाथलाई बुङमती पठाउने कुरा अघि बढिरहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो ।

रथयात्रा हुनुपर्छ भनेर माग गरिहरहेका स्थानीय र प्रहरीबीच बिहीबार झडप भएको थियो । त्यसपछि बसेको सरोकारवालाहरुको बैठकको निर्णय अनुसार भदौ २१ गते हाल पुल्चोकमा अवस्थित रथ त्यहाँबाट अलि पर रहेको सोह्रखुट्टेपाटीसम्म तान्ने र छ्वयलाबु मनाउने,२२ गते भुःज्या मनाउने अनि साइत हेर्ने र साइत प्राप्त भएमा २६ गते मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखेर बुङमती लगिने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);