जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु

पाल्पा, २० भदौ । पाल्पामा जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्य भएको छ । रम्भा गाउँपालिका ५ मुडुलिचौपारी स्थित आर्यभञ्ज्याङमा जिपको ठक्करबाट पैदल यात्री सोही स्थानका ६० वर्षका भुपाल सिंह रानाको मृत्यु भएको हो । रामपुर पक्कि सडक खण्डमा आर्यभञ्ज्याङबाट खाद्यान्नको सामान लिई रामपुरतर्फ जादै गरेको ना ३ च ८८०८ नं.को बलेरो जिप अनियन्त्रीत भई पैदलयात्री रानालाई शनिबार दिउसो ठक्कर दिएको थियो ।

गाडीले बाटोमा हिडिरहेका रानालाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । घाइतेको प्रथामिक स्वास्थ्य केन्द्र ताहुँमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान जारी रहेको जनाइएको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);