रातो मच्छिन्द्रनाथलाई भोलि विधिवत रुपमा बुङमती लगिंदै | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

रातो मच्छिन्द्रनाथलाई भोलि विधिवत रुपमा बुङमती लगिंदै

काठमाडौं, २८ भदौ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई सोमबार विधिवत रुपमा बुङमती लगिदै छ । ईमाउण्टेनटिभीसँग कुरा गर्दै ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन उक्त जानकारी दिनुभएको हो । अध्यक्ष महर्जनका अनुसार रातो मच्छिन्द्रनाथलाई पश्चिम फर्काएर बाजा गाजासहित बुङमती लगिने सबै तयारी पूरा भईसकेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईका अनुसार शान्ति सुरक्षाको सबै तयारी पूरा भएको छ । रातो मच्छिन्द्रनाथ र मिननाथलाई बुङमति लैजान ललिपुरबाट २०० जना र बुङमतिबाट १५० जना मात्र सहभागी हुन पाउनेछन् । सहभागीहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

त्यसैगरी एसएसपी राईले भक्तजनहरुलाई घरघरमै बसेर स्वागत गर्न पनि आग्रह गर्नुभएको छ ।

बैशाख शुक्लपक्षको शुभ साइतमा निकाल्नु पर्ने रथ यात्रा यस वर्ष कोभिड १९ महामारीका कारण रोकिएको थियो । लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि स्थानीय केही युवाहरुले प्रशासनको अनुमति बिना रथ तान्नेका थिए ।

रथयात्रा गर्न पाउनुपर्ने भन्दै स्थानीय युवाहरुले निषेधाज्ञा तोडेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो । त्यसपछि प्रशासकले कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्युका बीच केही सरोकारवाला व्यक्तिको उपस्थितिमा क्षमापूजा पनि सम्पन्न गरिएको थियो ।

त्यसै गरी भदौ २१ गते रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न भएको थियो। यसवर्ष मत्स्येन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राखिएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);