रातो मच्छिन्द्रनाथको रथ यात्रा पाटनको मंगलबजार पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

रातो मच्छिन्द्रनाथको रथ यात्रा पाटनको मंगलबजार पुग्यो

ललितपुर, २६ बैशाख । बर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ यात्रा पाटनको मंगलबजार पुगेको छ । पाटनको सवैभन्दा लामा जत्राको रुपमा प्रख्यात रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा पाटनको टोल टोलमा रथ परिक्रमा गराइन्छ भने स्थानीयले यसको भब्य स्वागत गर्दै पुजा अर्चन समेत गर्दछन । हरेक बर्ष मातातिर्थ औंसीको भोलिपल्ट बाट प्रारम्भ हुने रातो मच्छिन्द्रनाथको जात्रा विहिवार ललिपुरको मंगलबजार पुगेको छ ।

ललितपुरको पुल्चोकबाट ३२ हात लामो रथ सहित प्रारम्भ गरिएको जात्रा शुक्रवार पाटन सुन्धारा पुग्नेछ भने शनिवार पनि त्यही रहनेछ । वैशाख शुक्ल प्रतिपदा देखि प्रारम्भ भएको रथ विहिवार पाटनको गावाहाल पुगेपछि स्थानीयले बाजागाजा सहित यसको स्वागत गरेका थिए।

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा सवैभन्दा लामो जात्राको रुपमा परिचित छ । जात्रा प्रारम्भ हुने मिति तय भएपनि यसको अन्त्य कहिले हुन्छ भन्ने कुरा तिथि नहेरी कसैले पनि भन्न सक्दैनन ।

जात्रा अवधिभर पाटनको विभिन्न टोलको परिक्रमा गर्ने रथ गावाहाल पुगेपछि रातो मच्छिन्द्रनाथको दर्शन गर्नेहरुको भीड लागेको थियो । घरघरबाट आएका नेवारी समूदायले रातो मच्छिन्द्रनाथको रथमा पूजाआजा, भजन कीर्तन गरी आफ्ना चेलीबेटीहरुलाई सोही ठाउँमा दक्षिणा दिने गर्दछन् ।

विहिवार मंगलबजार पुगेको रथ त्यसपछि चावहाल अनि लगनखेलमा लगेर राखिन्छ । लगनखेलको मुख्य चोकमा रहेको ठुलो रुखलाई तिन पटक परिक्रमा गराएपछि मात्र विस्तारै रथ जावलाखेल लगिन्छ ।

यसै क्रममा रथको उपल्लो भागबाट नरिवल खसालिन्छ भने यसको भोलिपल्ट पाटनका महिलाले मात्र रथ रातो मच्छिन्द्रनाथको रथ तान्छन । यसलाई एकल महिला जात्रा पनि भनिन्छ । यसपछि साइत हेरेर जावलाखेलमा रथ राखिन्छ ।

रातो मच्छिन्द्रनाथको रथयात्राको लामो किंवदन्ती पनि प्रचलनमा रहेको छ । लिच्छवीकालका राजा नरेन्द्रदेवको पालामा भारतको कामरुप कामाख्या अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको किंवदन्ती छ । किंवदन्तीअनुसार लिच्छवी राजा नरेन्द्रदेवको पालामा गुरु गोरखनाथले नागको आशन बनाई बसेकोले १२ बर्षसम्म अनिकाल लाग्यो ।

यसपछि भारतको कामरुप कामाख्याबाट रातो मच्छिन्द्रनाथलाई काठमाण्डौंमा ल्याइएको थियो । यसपछि आफनो गुरु आएको देखेर गोरखनाथ उठे र नाग मुक्त भयो । किंवदन्ती अनुसार यसपछि पानी पार्न थाल्यो । रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको आठौं दिनसम्म घरघरबाट रातो मच्छिन्द्रनाथको रथयात्रामा सहभागी हुँदे भोज भतेर गर्ने गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);