वर्षा र सहकालका देवता 'रातो मछिन्द्रनाथ'को जात्रा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

वर्षा र सहकालका देवता ‘रातो मछिन्द्रनाथ’को जात्रा सम्पन्न

vote jatra

अप्सरा लामिछाने
काठमाडौं, ३० बैशाख
। राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाएर वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा समापन भएको छ । रातो मच्छिन्द्रनाथलाई अन्न, सहकाल, लोकेश्वर, बुंगद्य अनेकौं नामले चिनिन्छ ।

नेपालको सबैभन्दा लामो जात्राका रुपमा परिचित मछिन्द्रनाथको जात्रा खेती किसानीसँग सम्बन्धित छ । लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोक कल्याण गरेको स्मरणमा प्रत्येकवर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा गरी भोटो देखाउने परम्परा रहिआएको छ ।

करिब १६ सय वर्ष अघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ । तर, यो बर्ष भने जेठ महिनामा मलमास परेका कारण जात्रा बैशाख महिनामै सकाइएको छ ।

३२ हात अग्लो रथ बाजागाजाकासाथ ललितपुरका विभिन्न टोलहरु परिक्रमा गराउने परम्परा छ । विक्रम संवत ५ सय ४६ देखि जात्रा सुरु भएको किंवदन्ती छ । यो जात्रालाई सहकालका देवताका रुपमा हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीले पनि मनाउँछन् । हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्ध मध्येका चौथो बुद्धका रूपमा पूजा गर्ने गर्छन् ।

देवतालाई पुल्चोकस्थित रथमा विराजमान गराइएको भोलिपल्टदेखि गाईदान, शान्तिस्वस्ति लगायत पूजा गरिने चलन रहेको छ । पुल्चोकबाट तान्न थालिएको रथ गाःबहालमा लगेर राखिन्छ । त्यसपछि शुभ साइतअनुसार मंगलबजार, सुन्धारा, चक्रवहिल हुँदै लगनखेलस्थित थटीटोलमा लगेर राखिन्छ । त्यहाँ लगेपछि फेरि नयाँ साइत हेरेर भोटो देखाउनका लागि जावलाखेलतर्फ लगिन्छ । रथ जावलाखेलमा पुर्याएको चौथो दिन राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने परम्परा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);