मुसलधारे वर्षापछिको बाढीले रामेछापको सदरमुकाम अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

मुसलधारे वर्षापछिको बाढीले रामेछापको सदरमुकाम अस्तव्यस्त

manthali

रामेछाप, ३१ बैशाख । रामेछापको सदरमुकाम मन्थलीमा गएरातिको मुसलधारे वर्षाले वितण्डा मच्चाएको छ । वर्षाले मन्थली बजार, बसपार्क, ट्राफिक चोक, खाँदबारी, आकाशे र गडुवारी क्षेत्रमा घरमा बाढीले क्षति पुर्याएको हो ।

कतिपय स्थानमा घरसम्म जाने सडक क्षतिग्रस्त भएका छन् । गडुवारी क्षेत्र डुबानमा परेको छ । बसपार्क आसपासका सडकमा पार्किङ्गका लागि राखिएका दुई दर्जन बढी सवारी साधन बाढीसँगै आएको लेदो र गेगरले पुरिएका छन् । बाढीसँगै आएको आएको गेगरले वस्ती पुरिने त्रासमा सुरक्षाकर्मीले राति नै स्थानीयवासीको उद्दार गरेका थिए ।

रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले डोजर र स्काभेटर प्रयोग गरी गेगेर हटाउने प्रयास गरिरहेको बताए । बिहानदेखि फेरि वर्षा हुन थालेका कारण खोला किनारमा रहेका वस्तीमा बाढीको त्रास बढेको छ ।

यसैबीच म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी बजारमा गएराति आएको बाढीले चार वटा घर पुरिएका छन् । भीषण वर्षापछि बजारमाथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा चार घरमा पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);