वर्षासँगै आएको बाढीले रामेछाम सदरमुकाम प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

वर्षासँगै आएको बाढीले रामेछाम सदरमुकाम प्रभावित

नवराज श्रेष्ठ

रामेछाप, ९ जेठ । गत साता आएको अविरल वर्षासँगै आएको बाढीले रामेछाम सदरमुकाम प्रभावित भएको छ । सवारी साधन, यात्रु र स्थानीयलाई सास्ती भएको छ । स्थानीयले विपद् व्यवास्थापनको पूर्व तयारी गर्न माग गरेका छन् ।

गत साता आएको बाढीले बगाएर रामेछापमा एक विद्यार्थीको मृत्यु हुनुकासाथै धेरै धनमालको क्षति भएको थियो । बाढीका कारण सदरमुकाम मन्थली अझै अस्तव्यस्त छ । बजार क्षेत्रको ठाउँठाउँमा जम्मा भएको माटोका ढिस्को हटाउने काम भइरहेको छ । धुलोका कारण जनजीवन कष्टकर भएको छ ।

बाढीले बगाएको माटो र ग्रेगरले बसपार्कमा राखिएका गाडी पुरिएका थिए । ती गाडीलाई निकालिएको छ । तर पक्की सडकमाथि माटो थुप्रदा सवारी साधन, यात्रु र स्थानीयलाई सास्ती भएको छ । नगरपालिकाको नेतृत्वमा सरसफाइ भइरहे पनि प्रभावकारी भएको छैन ।

विपद् व्यवास्थापनको पूर्व तयारी नुहँदा बाढीबाट क्षति भएको भन्दै सरोकारवाले तत्काल विपद् व्यवास्थापनको योजना ल्याउन स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);