बाढीले डाइभर्सन बगायो, पुर्व–पश्चिम राजमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाढीले डाइभर्सन बगायो, पुर्व–पश्चिम राजमार्ग अवरुद्ध

बुटवल । अविरल वर्षासँगै आएको बाढीले डाइभर्सन बगाउँदा रूपन्देहीस्थित पुर्व–पश्चिम राजमार्ग खण्ड अवरुद्ध भएको छ । देवदहस्थित घोडाहमा बनाएको डाइभर्सन सोमबार बाढीले बगाएको हो । आइतबारदेखि रूपन्देहीमा पानी परिरहेको छ । यसअघि गत ११ भदौमा परेको वर्षापछि आएको बाढीले घोडाहाको पुल भाँसिएको थियो । पुल भाँसिएपछि डाइभर्सन बनाइएको थियो ।

डाइभर्सन बगाएपछि फेरि यातायात अवरुद्ध भएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले डाइभर्सन बगाएपछि बुटवलबाट पूर्व जाने सवारी साधन चल्न नसकेको बताए । लुम्बिनी प्रदेशका अधिकांश स्थानमा आइतबारदेखि पानी परिरहेको छ । पानी परेपछि खेतमा धानसमेत डुबानमा परेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);