विजयपुर खोलामा बाढी आउँदा डाइभर्सनमा राखिएका ह्युम पाइप बगायाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

विजयपुर खोलामा बाढी आउँदा डाइभर्सनमा राखिएका ह्युम पाइप बगायाे

उमा आलेमगर
पोखरा, २३ असार । पोखरा महानगरपालिका वडा नं. २६ र १४ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा बाढी आउँदा डाइभर्सनमा राखिएका ह्युम पाइप बगाएको छ । डाइभर्सन बगाएपछि १० टनभन्दा माथिका लोड बोक्ने मालवाहक सवारीको आवागमन बन्द भएको छ । आइतवार रातिको बाढीले डाइभर्सन बगाएको हो । जसका कारण मालबाहक सवारी साधानहरुको आवागमन ठप्प भएको छ ।

विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई सोही ठाउँबाट आवतजावत गराउँदै आइएको थियो । अहिले पोखरामा सयौं ट्रकहरु अलपत्र परेका छन् । बाढीले गर्दा यसअघि चर्किएर जोखिमयुक्त बनेको विजयपुरको पक्की पुलमा लगाएको फलामको सपोर्ट समेत बगाएको छ ।

जसका कारण सो पुलबाट सवारी आवागमन प्रभावित भएको छ । सवारी आवागमन प्रभावित भएपछि गगनगौडादेखि मालवाहक सवारी साधन रोकेर राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले जानकारी दिनुभयो । अब १० टन सम्मका मालवहाक क्षमताको सवारीलाई रातिको समयमा विजयपुर पुलवाटै सञ्चालन गरिने मिश्रको भनाई छ ।

गत माघमा पुलको नियमित मर्मत सम्भारका क्रममा पुलको सपोर्टमा रहेका फलाम ठाउँ ठाउँमा चर्केको पाइएको थियो । त्यसपछि मालबाहक गाडी सञ्चालनमा रोक लगाइ डाइभर्सन बनाइएको थियो ।

पुल मर्मतको काम हुन सकेको छैन । हलुका यात्रुबाहक सवारी साधन सोही पुल हुँदै आवागमन गरिरहेका छन् । पुलको विकल्पका रुपमा बेलीव्रिज निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । असार मसान्तसम्ममा बेलिव्रिज निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी छ ।

तर असार मसान्तसम्म पुल निर्माण कार्य सकिने संभावना निकै कम देखिन्छ । यो समस्या समाधानका लागि छिटो भन्दा छिटो बेलीव्रिज निर्माण गरेर सवारी सञ्चालनमा ल्याउनुको विकल्प नभएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी बताउनु भयो ।

विजयपुर पुल जोखिममा पर्दा गण्डकी प्रदेशको राजधानी पोखरा, बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङसम्मलाई प्रभाव पर्दछ । पोखरा आउने विकल्पका रूपमा लेखनाथबाट सेती नदीको लामगादी, पटनेरी लगायतका स्थानमा रहेका पुलबाट हलुका सवारी साधन पठाउन सकिने भए पनि दोविल्लामा रहेको पुल समेत जोखिमपुर्ण रहेकाले लोड गाडीहरु आवतजावतमा भने कठिनाइ पर्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);