आज यी तीन सडकखण्ड छन् अवरुद्ध  | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

आज यी तीन सडकखण्ड छन् अवरुद्ध 

काठमाडौं। पहिरोका कारण आज देशका तीन वटा सडकखण्ड अवरुद्ध बनेका छन् । तनँहुको आबुखैरेनी गाउँपालिका–४ मा अन्दाजी ३० मिटर सडक भासिएर मस्र्याङदी नदीमा खस्दा मुग्लिङ–पोखरा सवारी आवागमन आज बिहान ५ बजेबाट अबरुद्ध भएको छ। सडक भासिएका कारण सवारी साधनलाई पोखरा र मुग्लिङ आसपासकै क्षेत्रमा रोक्न लगाइएको छ । डुम्रे–बेशिशहर सडकखण्ड अन्तर्गत तनँहुकै भानु नगरपालिका–३ कुरकुना र १ रमाईलोडाडाँमा राती पहिरोसँगै रुख ढलेका कारण सडक अवरुद्ध भएको छ। मध्यरातीबाट अवरुद्ध सडक जेसीबीको सहयोगमा खुलाउने तर्फ पहल भइरहेको प्रहरी चौकी तुरतुरे तनँहुले जनाएको छ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्ची स्थित इन्द्रावती खोलामा निर्माण गरिएको अस्थायी सडक ईन्द्रावति नदिले आज बिहान सवा ५ बजे बगाएको छ।

सडक बगाउदा मेलम्ची नगरपालिका ९, १० र पाँचपोखरी थाङपाल गाउँपालिका जाने सडक पुर्णरुपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);