वल्खु स्थित परिक्षा नियन्त्रण कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वल्खु स्थित परिक्षा नियन्त्रण कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी

सन्दिप शर्मा,
काठमाडौं ।
वल्खु स्थित परिक्षा नियन्त्रण कार्यालयका प्रमुख परिक्षा नियन्त्रक पुष्पराज जोशीको कार्यकक्षमा तालाबन्दी गरीएको छ । स्नाकोक्तर तहको प्रथम बर्षका विद्यार्थीहरुले कार्यलयले परिक्षा तालिका अप्रत्यसित रुपमा संसोधन गरेको भन्दै प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

विद्यार्थीका अनुसार २०७९ जेठ २७ गते राजनीतिकशास्त्र–सार्वजनिक प्रशासन, एम.बि.एसको लेखा र एम पिएको रिसर्च मेथोडोलोजी को परिक्षाको तालिका अप्रत्यासित रुपमा सम्सोधन गरेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।

अप्रत्यासित रुपमा परिक्षा तालिका संम्सोधन गर्नुका साथै परिक्षा कार्यालयको अनलाईन पोर्टलमा समेत पुरानै मिती परिक्षा तालिका राखीएको कारण आफुहरु परिक्षा दिन बाट बन्चीत हुन पुगेको विद्यार्थीहरुको भनाइ रहेको छ । शुरुमा परिक्षा नियन्त्रण कार्यालयका प्रमुखलाई भेट गरि यस बिषयमा के कसो भएको हो भनि छलफल गर्न खोज्दा परिक्षा नियन्त्रक जोशी विद्यार्थीको सम्पर्कमा पुग्न भन्दा पनि कार्यालय बाटै भागेको र उहाँ संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेकाले बाध्य भएर तालाबन्दी गर्नु परेको परीक्षा संघर्ष समितीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);