पहिरोका कारण गुल्मीको तम्घास-रिडी सडकखण्ड अवरुद्ध, यात्रु बाटोमै अलपत्र | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

गुल्मी, ९ असोज । गुल्मीको तम्घास–रिडी सडकखण्डमा सुख्खा पहिरो गएपछि आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ।

रेसुंगा नगरपालिका–१३ दुविचौर नजिकै भँगारीमा सोमबार बिहान अचानक सडकमाथिबाट ठूलो पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।

सडक अवरुद्ध भएपछि तम्घासबाट पाल्पा, बुटवल र काठमाडौं जाने आउने सवारी साधन बीच बाटोमै रोकिएपछि दशैँमा घर आने आउने यात्रु बाटोमै अलपत्र परेका छन्।

ताजा समाचार