पहिरोले सडक अबरुद्ध हुँदा रानीमहल घुम्न गएका पर्यटक अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

पहिरोले सडक अबरुद्ध हुँदा रानीमहल घुम्न गएका पर्यटक अलपत्र

पाल्पा । पाल्पामा दुई दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण रानीमहल घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पहिरोका कारण रानीमहल घुम्न जाने र घुमेर फर्कने पर्यटक बाटोमै रोकिएका हुन् ।

निरन्तरको वर्षाका कारण तानसेन रानीमहल सडकखण्ड २४ घण्टादेखि अवरुद्ध छ । स्थानीय बसन्त कुवरका अनुसार रानीमहल सडक खण्डको आधा दर्जन बढी स्थानमा पहिरो गएको छ । गाईघाट, बैकुण्ठे भीर,हात्ति ढुङगालगायतका ठाउँमा पहिरो गएको हो । 

तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले डोजर पठाएर पहिरो हटाउने तयारी भएको बताए । एक दुई घण्टाभित्र पहिरो हटाउन सकिने उनले बताए ।  प्रेमको प्रतिक रानीमहल घुम्न दसैलगत्तै पाल्पा सहित छिमेकी जिल्लाहरुः गुल्मी, स्याङजा, पर्वत, बाग्लुङ, काठमाडौं, पोखरा, बुटवल, कपिलवस्तुबाट पर्यटक जान्छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);