नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकीमा बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकीमा बेपत्ता

dubera

पाल्पा, २ बैशाख  । पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकी नदीमा आज बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका–३ हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल छन् ।

बगनासकाली गाउँपालिका–८ रानीमहल नजिकैको कालीगण्डकी नदीमा बन्दै गरेको पुलनिर पौडी खेल्ने क्रममा बेपत्ता भएको अस्थायी प्रहरी बिट रानी महलका प्रमुख डिल्लीराम भट्टराईले बताए । बेपत्ताको खोजीकार्य जारी रहेको पनि उनले बताए ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);