अर्ली महाधिवेशनबाट पछि हटे युवा नेता | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

अर्ली महाधिवेशनबाट पछि हटे युवा नेता

congress logo

काठमाडौं, २ बैशाख । स्थानीय तह हुँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित हार बेहोरेपछि नेतृत्व परिवर्तनसहित विशेष महाधिवेशन माग गर्दै आएका कांग्रेस युवा नेताहरू ‘अर्ली महाधिवेशन’ एजेन्डाबाट पछि हटेका छन् । तीनवटैै तहको निर्वाचनमा पार्टी पराजय हुनुको कारण पार्टी सभापति र उनको कार्यक्षमता रहेको बताउँदै आएका युवाहरूको समूह ‘अर्ली महाधिवेशन’को नाराबाट पछि हट्ने भएका हुन् ।

सरकारमा रहँदा र सरकारबाहिर रहँदासमेत नेतृत्वबाट पार्टी हितविपरीतका निर्णय लिएका कारण निर्वाचनमा पार्टीले पराजय भोगेको युवा समूहको निष्कर्ष छ । तर, सभापति शेरबहादुर देउवाले निर्वाचन समीक्षाका लागि भन्दै गत ९ चैतबाट बैठक डाकेर खुला बहस सुरु गराएपछि महाधिवेशनको मुद्दा एकाएक सेलाउन पुगेको हो ।

‘अर्ली महाधिवेशन’को माग गर्ने समूहमा रहेका नेता चन्द्र भण्डारीले निर्वाचनबाट नेतृत्वको असफलता प्रस्ट भएकाले अरू विषयमा बोल्नैनपर्ने अवस्था आएको बताए । ‘नेतृत्वको असफलता प्रस्ट भइसकेको छ, अब अरू कुरा हुँदैजाला, केही समय लाग्ला,’ भण्डारीले भने, ‘महासमितिबाट महाधिवेशनका कुरा गर्छाैं ।’

अर्का नेता नवीन्द्रराज जोशीले महाधिवेशन भएको वर्षबाहेक वर्षको एकपटक बस्नुपर्ने महासमिति दुई वर्ष बित्दासमेत एकपटक पनि बस्न नसक्नु दुःखद् भएको भन्दै पहिले महासमिति बोलाइनुपर्ने बताए ।

‘वर्षको एकपटक बस्नुपर्ने महासमिति बैठक दुई वर्षसम्म पनि एकपटक बसेन, ज्यादै दुःखद् कुरा हो, पहिलो महासमिति बस्नुपर्छ, महासमितिमै अहिले फोकस गरौं,’ नेता जोशीले राजधानीसँग भने ।

उनले नेतृत्वका कारण पार्टीप्रति आमजनतामा वितृष्णा जाग्ने काम भएको भन्दै महासमितिबाट नै भए पनि जनताप्रतिको वितृष्णा कम गर्दै जानुपर्नेमा जोड दिए ।१६ चैतसम्म चलेको बैठकपछि पार्टी नेतृत्व तत्काल महासमिति बैठक डाक्ने निष्कर्षमा पुगिसकेको छ ।
समीक्षात्मक बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला तथा नेताहरू डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, गगन थापासहितले तत्काल महाधिवेशन गर्न आवाज उठाएका थिए ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);