मलामी जाँदा बेपत्ता भएका हरिबहादुर अझै भेटिएनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पाल्पा, १६ कार्तिक । बुधबार मलामी गएका बेला कालीगण्डकी नदीमा बेपत्ता बनेका एक युवा अझै फेला पर्न सकेका छैनन् ।

बगनासकाली गाउँपालिका–२ पोखराथोकका २६ वर्षीय हरिबहादुर गाहा मलामी गएका बेला राम्दीस्थित नदीमा बेपत्ता बनेका हुन् । नदी किनारामा कपडा र मोबाइल राखेर नुहाउन गएका उनलाई राम्दी प्रहरी चौकी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन् । दुई दिनसम्म शवसमेत नभेटिएपछि आफन्त शोकमा डुबेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक अवोधकिशोर ओझाले दिएको जानकारी अनुसार हरिबहादुर गाहा हजुरआमाको मलामी गएको, दाहसंस्कारपछि नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);