गुल्मी । कालीगण्डकीमा बेपत्ता गुल्मीको चन्द्रकोट गाउँपालिका-८ का शंकर पौडेलको खाेजी सशस्त्र प्रहरीको गोताखोरमार्फत भइरहेकाे छ । देशिक विपद् व्यवस्थापनबाट सशस्त्र प्रहरी निरीक्षक भूपालविक्रम शाहको नेतृत्वमा सात जनाको टोली घटनास्थल आएको छ । मलामी गएका पौडेल चार दिनदेखि सत्यवती गाउँपालिका-१ रुद्रवेणीघाटस्थित कालिगण्डकीमा बेपत्ता छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयास असफल भएपछि सशस्त्र प्रहरीको गोताखोर टोली झिकाइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए
कालीगण्डकीमा बेपत्ता युवाको गाेताखोरमार्फत खोजी
ताजा समाचार
बाँकेमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु
३ घन्टा अघि
अम्लेखगञ्जमा खानेपानीको हाहाकार
४ घन्टा अघि
नेप्सेमा दोहोरो अंकले सुधार
४ घन्टा अघि