गुल्मी प्रशासनबाट दुई हप्तामा साढे १३ सयले लिए नागरिकता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

गुल्मी प्रशासनबाट दुई हप्तामा साढे १३ सयले लिए नागरिकता

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीबाट दुई हप्तामा साढे १३ सयले नेपाली नागरिकता लिएका छन् । १ कात्तिकदेखि १६ सम्म मात्र १ हजार ३ सय ३९ जनाले नेपाली नागरिकता लिएका हुन्  । चार सय ७८ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ ।

साेही अवधिमा नौ सय ५० लाई राहदानीका लागि सिफारिस गरिएकाे छ भने चार सय ४७ जनाले राहदानी पाएकाे जिल्ला प्रशासन कार्यालय गुल्मीका खरिदार डिलबहादुर थापाले जानकारी दिए ।

प्रशासनले दैनिक सरदर ३० देखि ४० नागरिकता प्रदान गरिरहेकाे छ । एक हजार एक सय ९४ ले राष्ट्रिय परिचयपत्र पाएका छन् ।  जिल्ला प्रशासनमा तीन प्रशासकीय अधिकृतकाे दरबन्दी रहे पनि उद्धव पन्थी मात्र छन् । बाँकी दुई अधिकृत पद रिक्त छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);