खुटिया नदीमा ढुंगा लिन गएका ट्याक्टर चालक बगेर बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८०, आइतबार

खुटिया नदीमा ढुंगा लिन गएका ट्याक्टर चालक बगेर बेपत्ता

धनगढी । कैलालीको खुटिया नदीमा ढुंगा संकलन गर्न गएका ट्याक्टर चालक बगेर बेपत्ता भएका छन् ।

गोदावरी नगरपालिका- ८ का ३० बर्षीय गणेश आउजी नदीमा बेपत्ता भएका हुन् ।

उनलाई खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीय खुटिया नदीमा खटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार ढुंगा संकलन गर्दै गर्दा एक्कासी नदीमा पानीको बहाव बढेका कारण ट्याक्टर चालक आउजी बगेको हुन सक्ने अनुमान छ ।

आइतबार रातिदेखि कैलालीमा भइरहेको अविरल वर्षाका कारण खोलानालामा पानीको बहाव बढेको छ । 
 

Leave a Reply