महाकालीमा पानीको बहाब बढ्यो, तटीय क्षेत्रका बस्ती डुबानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

महाकालीमा पानीको बहाब बढ्यो, तटीय क्षेत्रका बस्ती डुबानमा

कन्चनपुर । आइतबार साँझदेखिको अबिरल बर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढ्दा नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । महाकालीमा  पानीको वहाव बढ्दा आसपासका सम्पूर्ण बस्ती डुवानमा परेका जिल्ला प्रहरी  कार्यालय कञ्चनपुरका प्रबक्ता शिद्दराज न्यौपानेले बताए । बाढी प्रभावित परिवारको तथ्यांक संकलन भईरहेको उनले जानाकारी दिए  । 

यसैगरी, महाकाली नदीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित भाईरल रोडसमेत कटान हुन थालेको छ । प्रबक्ता न्यौपानेका अनुसार  रिङरोडको केही अंश कटान भएको छ । 

यसैगरी,  महाकाली नदीमा पानीले खतराको सतह पार गरेपछि गड्डाचौकी नाकामा रहेको नेपाल र भारत जोड्ने बनवासा पुलमा आवागमन बन्द गरिएको छ ।  पुल पुरानो भएको र पानीको बहाव बढ्दा दुर्घटनाको जोखिम देखिएकोले आवागमन बन्द गरिएको प्रबक्ता न्यौपानेले बताए । बाढीका कारण कञ्चनपुरमा अहिलेसम्म कुनै मानवीय  क्षति भएको छैन् । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);