अवरिल वर्षापछि कञ्चनपुरका बिभिन्न बस्ती डुबानमा | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

अवरिल वर्षापछि कञ्चनपुरका बिभिन्न बस्ती डुबानमा

पुष्कर भट्ट

कञ्चनपुर, २८ साउन । अविरल वर्षापछि आएको बाढीका कारण कञ्चनपुरका बिभिन्न बस्ती डुबानमा परेका छन् । महाकाली, दोदा, स्याली, सुनवरा, जगवुडा लगायतका नदीमा पानीको वहाव बढेपछि बस्ती डुबानमा परेका हुन् ।

बस्तीमा पनी पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । प्रशासनले सतर्कता अपनाउन सबैलाई अपिल गरेको छ । लगातारको बर्षाले महाकाली, दोदा, स्याली, सुनवरा, जगवुडा लगायतका नदीमा पानीको वहाव बढेको हो ।

नदी आसपासका बस्तीमा पानी समेत पस्न थालेको छ । बस्तीमा पानी छिरेपछि स्थानीय त्रसित भएका छन् । जगबुडा नदीमा आएको बाढी ओभर फ्लो भएर कञ्चनपुरको माहाकाली नगरपालिकाको शान्ती टोल र सुन्दरनगर बस्ती डुबानमा परेकोे छ । भारतीय पक्षले जोगबुढा नदीमा पानी छोडेपछि बस्ती डुवानमा परेको हो ।

नदीको जलस्तर बढेर बस्तीमा पस्न थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले बाढीमा फसेकाहरुलाई उद्धार गरेका छन् । त्यस्तै महाकाली नगरपालिका १ मा तटवन्धमा लागाईएका १० वटा जालि १ फिट तल भासिएका छन् भने तटवन्ध कटान सुरु गरेको छ । इलाका प्रहरी दोधारा चादनीबाट प्रहरी टोली सो क्षेत्रमा पुगेर तारजालीमा ढुङ्गा भर्ने काम सुरु गरेको छ ।

बाढीले कच्ची घर, निर्माण सामग्री, बाली, अन्नपात, पशु चौपाया बगाएको छ । आइतबार स्याली नदीमा आएको बाढीले बगाउँदा एक महिलाको मृत्यु समेत भएको छ । भारतीय पक्षले सोमबार धार्चुलास्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरु खोलेको छ ।

पानी पर्ने क्रम नरोकिएको र भारतीय पक्षले बाँधका ढोका खोलेकाले नदीमा पानीको बहाव बढेको हो । महाकाली नदीमा पानीको बहाव बढेपछि बनवासा पुलमा चारपाङग्रे सवारी साधन आवागमनमा रोक लगाइएको छ ।

ईलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार सोमबार महाकाली नदीमा पानीको बहाव १ लाख २४ हजार क्यूसेक रहेको छ । अझै केही दिन निरन्तर पानी पर्ने भएकाले नदीमा पानीको बहाव बढ्ने र बाढी पहिरोको जोखिम रहेकाले सचेत रहन प्रशासनले सबैलाई अपिल गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);