बैतडीमा विकास बजेट खर्चको अवस्था सन्तोसजनक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बैतडीमा विकास बजेट खर्चको अवस्था सन्तोसजनक

प्रेम भाट
बैतडी, २८ साउन । बैतडीमा विकास निर्माणले तीव्रता नलिएको गुनासो आएपनि विकास बजेट खर्चको अवस्था सन्तोसजनक देखिएको छ । आर्थिक वर्ष ०७४/७५ मा १६ प्रतिशतमात्रै फ्रिज भएको छ ।

बैतडीमा आर्थिक वर्ष ०७३/७४ मा करिब ३० प्रतिशत फ्रिज भएको थियो । आर्थिक वर्ष ०७४/७५ मा भने १६ प्रतिशत मात्रै फ्रिज भएको छ । अघिल्लो आर्थिक वर्ष ०७३-०७४ मा पुँजिगततर्फ आएको बजेटमध्ये ७० प्रतिशत रकम खर्च भएको थियो भने गएको आर्थिक वर्षमा ८३ प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष ०७४/७५ मा पुँजिगततर्फ विनियोजित दुई अर्ब २३ करोड १५ लाख ७५ हजार बजेटमध्ये एक अर्ब ८५ करोड ५३ लाख चार हजार २५ रुपयाको बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

सबैभन्दा धेरै खर्च गर्ने कार्यालयमा सिँचाइ डिभिजन कार्यालय छ भने सबैभन्दा कम खर्च गर्ने कार्यालयमध्ये खानेपानी तथा सरसफाई डिभिजन कार्यालय छ । सिँचाइमा विनियोजित ११ करोड ६१ लाख विकास बजेटमध्ये ११ करोड ६० लाख खर्च भएको छ ।

खानेपानी तथा सरसफाईमा आएको ९ करोड ८१ लाख मध्ये ६ करोड २२ लाखमात्रै खर्च भएको छ । विकास बजेट खर्च सन्तोषजनक भएपनि विकास निर्माणले तीव्रता नलिएको सरोकारवाला बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);