विकास निर्माणले तीव्रता नलिएको गुनासो आएपनि विकास बजेट खर्चको अवस्था सन्तोसजनक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विकास निर्माणले तीव्रता नलिएको गुनासो आएपनि विकास बजेट खर्चको अवस्था सन्तोसजनक

kolenika

प्रेम भाट,
बैतडी, २८ साउन । बैतडीमा विकास निर्माणले तीव्रता नलिएको गुनासो आएपनि विकास बजेट खर्चको अवस्था सन्तोसजनक देखिएको छ । आर्थिक वर्ष ०७४/७५ मा १६ प्रतिशतमात्रै फ्रिज भएको छ ।

बैतडीमा आर्थिक वर्ष ०७३/७४ मा करिब ३० प्रतिशत फ्रिज भएको थियो । आर्थिक वर्ष ०७४/७५ मा भने १६ प्रतिशतमात्रै फ्रिज भएको छ । अघिल्लो आर्थिक वर्ष ०७३/०७४ मा पुजिगततर्फ आएको बजेटमध्ये ७० प्रतिशत रकम खर्च भएको थियो भने गएको आर्थीक वर्षमा ८३ प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष ०७४/७५ मा पुजिगततर्फ विनियोजित दुई अर्ब २३ करोड १५ लाख ७५ हजार बजेटमध्ये एक अर्ब ८५ करोड ५३ लाख चार हजार २५ रुपयाको बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । सबैभन्दा धेरै खर्च गर्ने कार्यालयमा सिचाइ डिभिजन कार्यालय छ भने सबैभन्दा कम खर्च गर्ने कार्यालयमध्ये खानेपानी तथा सरसफाई डिभिजन कार्यालय छ ।

सिचाइमा विनियोजित ११ करोड ६१ लाख विकास बजेटमध्ये ११ करोड ६० लाख खर्च भएको छ । खानेपानी तथा सरसफाईमा आएको ९ करोड ८१ लाख मध्ये ६ करोड २२ लाखमात्रै खर्च भएको छ । विकास बजेट खर्च सन्तोषजनक भएपनि विकास निर्माणले तीव्रता नलिएको सरोकारवाला बताउछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);