४ गुणासम्म बढ्यो तरकारीको भाउ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

४ गुणासम्म बढ्यो तरकारीको भाउ

tarkari

काठमाडौं, २८ साउन । बर्खा, बिचौलिया र भारतबाट कम आयात भएपछि तरकारी भाउ अस्वाभाविक रुपमा बढेको छ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार एक महिनाको अवधिमा थोकमै चार गुणासम्म भाउ बढेको छ ।  समितिका अनुसार भारतबाट भित्रिएको तरकारी तुलनात्मक रुपमा सस्तो हुन्छ।

आयात ठप्प भएपछि तरकारी केही महँगो भएको हो। समितिका अनुसार थोकमा प्रतिकिलो ११५ रुपैयाँ पर्ने हरियो धनिया अहिले ५९५ र प्रतिकिलो १९ रुपैयाँ पर्ने सानो गोलभेंडा दोब्बर बढेर ३९ रुपैयाँ पुगेको छ सामान्यतः कालीमाटी बजारमा दैनिक ६ सयदेखि साढे ६ सय टन तरकारी भित्रिन्छ। तरकारीको परिमाणमा कुनै कमी नभए पनि मूल्य भने अस्वाभाविक रुपमा बढेको खबर आजको कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);