तरकारीको भाउ ह्वात्तै बढ्यो, उपभोक्ता मारमा | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

तरकारीको भाउ ह्वात्तै बढ्यो, उपभोक्ता मारमा

tarkari

काठमाडौं, ६ साउन । यतिबेला बजारमा हरियो तरकारीको मूल्य ह्वात्तै बढेको छ । विगतको भन्दा ६० रुपैयाँको दरले तरकारीको मूल्य बढिरहेको छ । औसत भन्दा खुद्राको भाउ झनै बढेको छ ।

तराइ लगाएत देशका बिभिन्न स्थानमा आएको बाढी, भारतीय तरकारी आउन कमी, विषादी चेकजाँच जस्ता विषयले तरकारीको बजार भाउ आकासिएको हो । वर्षायाममा तराईमा तरकारी कम उत्पादन हुने हुँदा मूल्य बढेको तरकारी व्यवसायीहरु बताउँछन् । अहिलको मौसमा पहाडी भेग र भारतबाट आउने तरकारीमा राजधानीको बजार निर्भर हुने भएकाले पनि मूल्य बढ्नु स्वभाविक भएको व्यापारीकोे तर्क छ ।

बजारमा अहिले गोलभेडा, भिण्डी, तितेकरेला, परवर, काँक्रो, घिरौला, भटमासकोशा, कागती, रायोको साग, अदुवा, चम्सुरको साग, न्यूरो हरियो तरकारी लगाएतका थुप्रै तरकारीहरुको मूल्यमा साविकको भन्दा तीन गुणासम्म बृद्धि भएको छ ।

प्राय बर्षातको समयमा तरकारीको भाउ ह्वात्तै बढ्ने गरेको छ । सामान्य भन्दा धेरै पानी पर्नाले तरकारी ढुवानी गर्न कठिनाई भएका कारण भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो ।

अहिले नेपालमा आयात हुने हरियो तरकारीहरु आन्तरिक स्रोतबाटै आउने गरेको भएपनि त्यसमा मनसुनले आएको पहिरो र बाढीका कारण बाटो भत्कँदा र जिर्ण अवस्था हुँदा तरकारी आयात गर्न नसकेको उहाको भनाइ छ ।

केही सातादखि गोलभेंडाको बजारमा ग्राहकहरुले लगभग प्रतिकेजी १३० देखि १५० रुपैयाँसम्म मूल्य तिर्ने गरेका छन् । यस्तै, भिण्डीको मूल्य १३० रुपैयाँ छ । करेलाको प्रतिकेजी, १०० रुपैयाँ हरियो फर्सी प्रतिकेजी १०० रुपैयाँ स्कुस ७०, घिरौला १००, ध्यूसीमि लोकल १३५ रुपैयाँ रहेको छ ।

हरियो तरकारीमा विगतको भन्दा झण्डै ६० रुपैयाँको अन्तरले मूल्य बढेको छ । उत्पादन, आपूर्ति र मागको अनुपात नमिल्दा उपभोक्ताले महंगोमा तरकारी किन्नपर्ने भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको भाउ तोकिदिएको भएपनि बजारमा व्यापारीहरुले मनपरी रुपमा मूल्य लगाउने गरेका छन् । यसरी उपभोत्ताको ढाड सेक्ने गरी तरकारीमा भएको मूल्य वृद्धिबारे सम्बन्धित निकायले समय मै चासो दिई अनुगमन गर्नुपर्नेमा जोडदिनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);