तरकारीको भाउ अहिलेसम्मकै उच्च : अधिकांशको मूल्य किलोको सय भन्दा माथि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, २३ कार्तिक । तरकारीको भाउ यो वर्षको उच्च बिन्दुमा पुगेर स्थिर भएको छ। एक सातादेखि अधिकांश तरकारीको भाउ प्रतिकिलो सय रुपैयाँमाथि पुगेर स्थिर भइरहँदा उपभोक्ता महँगीको मारमा छन् । सर्वसाधारणको भान्सामा धेरै खपत हुने तरकारीको भाउ आकासिए पनि सरकारले मूल्य नियन्त्रणका लागि कुनै प्रयास गरेको छैन।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तिहारअघिबाट मूल्य आकासिन थालेको हो। समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार उपत्यकाको मागभन्दा धेरै कम आयात हुँदा मूल्यमा असर परेको हो। ‘अहिले कालीमाटीमा दैनिक ४ सय २५ देखि ४ सय ५० टन तरकारी भित्रिरहेको छ,’ उनले भने, ‘तर, माग भने ७ सय टनको छ।’ जाडोमा तरकारीको माग अन्य समयको भन्दा बढी हुने गर्छ, तर यहीवेला आपूर्ति भने घटेको छ।

तराईबाट आउने तरकारीको परिमाण घटेको उनले बताए । ‘तराईमा साउन अन्तिम साता आएको बाढीले यतिवेला बजारमा निस्कनुपर्ने तरकारी आएको छैन,’ उनले भने, ‘बाढीलगत्तै किसानले पुनः लगाएको तरकारी आउन केही ढिलाइ भएको छ।’ – नयाँ पत्रिका दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);