महँगो भयो तरकारी, २० दिनमै बढ्यो २८९ % | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

महँगो भयो तरकारी, २० दिनमै बढ्यो २८९ %

tarkari ko mulya

काठमाडौं, ११ असोज । चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २ सय ८९ प्रतिशतसम्म वृद्धि भएको छ । व्यवसायीले वर्षा र भारतमा मूल्यवृद्धि भएको कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रूपमा बढाएका हुन् ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले वर्षाका कारण हरियो सागमा क्षति पुगेर महँगो भएको बताए । तर मूल्यवृद्धि हरियो सागमा मात्र नभएर अधिकांश तरकारीमा भएको छ । भदौ २० गते ४५ रुपैयाँमा बिक्री भएको भेडे खुर्सानीको मूल्य असोज १० मा २ सय ८९ प्रतिशतले बढेर होलसेलमै १ सय ७५ रुपैयाँ प्रतिकेजी पुगेको छ । बोडी (तने) को २ सय २७ प्रतिशतले बढेर ९८ रुपैयाँ पुगेको छ । मकै बोडीको मूल्य १ सय ५८ प्रतिशतले बढेर ९८ रुपैयाँ, घिउ सिमीमा १ सय ३८ प्रतिशत बढेर ९५ रुपैयाँ, तीते करेला १ सय ५८ प्रतिशतले बढेर ८५ रुपैयाँ पुगेको छ ।

हरियो प्याजको मूल्य १ सय ९ प्रतिशतले बढेर १ सय १५ रुपैयाँ, रायोको मूल्य १ सय ६४ प्रतिशत बढेर १ सय ४५ रुपैयाँ, लौका १ सय ७ प्रतिशत बढेर ५८ रुपैयाँ पुगेको छ । समितिका अनुसार कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । होलसेलमै मूल्य बढेपछि खुद्रा पसलमा पनि मनपरी मूल्यमा बिक्री भइरहेको छ । होलसेल र खुद्रामा प्रतिकिलो ५०/६० रुपैयाँ फरकमा बिक्री भइरहेको छ ।
जथाभावी मूल्यवृद्धिले उपभोक्तालाई मर्का परे पनि सरोकारवाला निकायहरूले अनुगमनमा चासो दिएका छैनन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);