मूल्यवृद्धि गर्नेलाई कारबाही गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मूल्यवृद्धि गर्नेलाई कारबाही गरिने

matrika yadav-yuwa udhyami

काठमाडौं, ११ असोज । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दशैँको मुखमा उपभोक्तालाई मार पर्ने गरी अनावश्यक मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

उहाँले वृद्धि भएको मूल्य शनिबारसम्म घटाएर उपभोक्तालाई राहत दिन व्यवसायीलाई आग्रह गर्नुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले व्यवसायीसँग छलफल भइरहेकाले शनिबारसम्म मासुको मूल्य पुरानै कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

दशैँको पूर्वसन्ध्यामा खसीको मासुको मूल्य एक सयदेखि दुई सय रुपियाँ वृद्धि भएर प्रतिकेजी एक हजार चार सय रुपियाँसम्म पुगेको छ । मासुको अभाव हुन नदिन तीन हजार खसी र च्याङ्ग्रा भित्राइएको जानकारी दिँदै मन्त्री यादवले मूल्य स्थिर नरहे अन्य उपभोग्य वस्तुजस्तै मन्त्रालयले मासु पनि आफैँ बिक्रीवितरण गर्ने बताउनुभयो ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);