जथाभावी लगानी नगर्न लघुवित्त संस्थालाई अर्थमन्त्रीकाे चेतावनी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

जथाभावी लगानी नगर्न लघुवित्त संस्थालाई अर्थमन्त्रीकाे चेतावनी

yubraj khatiwoda

काठमाडौं, २८ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले जथाभावी लगानी नगर्न लघुवित्त संस्थाहरुलाई चेतावनी दिएका छन् । अर्थमन्त्री खतिवडाले लघुवित्त संस्थाहरुलाई ग्रामिण क्षेत्रमा जान पनि आग्रह गरे ।

उनले गरिवी घटाउने लक्ष्यका साथ दुर्गम ग्रामिण क्षेत्रमा पुग्न लघुवित्त संस्थाहरुलाई आग्रह गरेका छन् । अर्थमन्त्री खतिवडाले चरम गरिवी र अभाव भएको ग्रामिण क्षेत्रमा जानका लागि स्थानीय तहसँग आवश्यक सहकार्य गर्न लघुवित्त संस्थाहरुको ध्यानाकर्षण गराए ।

उनले गरिवीको क्षेत्रमा नेपालले केही प्रगति हासिल गरेको भएपनि त्यो समान नभएकाले धेरै गरिवी भएको ठाउँलाई लक्षित गरेर सरकारले आयआर्जनको कामलाई अघि बढाउने योजना अघि सारे ।

सोमबार काठमाडौंमा आयोजित स्वावलम्बन विकास केन्द्रको २७ औं वार्षिकोत्सव तथा लघु उद्यमशीलता विकास पुरस्कार समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले गरिवी घटाउँदै लैजाने अभियानमा सरकारले लघुवित्त संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्न चाहेको स्पष्ट पारे।

अर्थमन्त्री खतिवडाले जथाभावी लगानी नगर्न पनि लघुवित्त संस्थाहरुलाई सचेत गराएका छन् । उनले सुगम क्षेत्रमा पर्याप्त वित्तिय संस्थाहरु रहेकाले दुर्गम क्षेत्रमा जान सबै तयार हुनुपर्ने आवश्यक्ता औंल्याए । अर्थमन्त्री खतिवडाले व्याजदरलाई व्यवस्थित बनाउन बैंक तथा वित्तिय संस्थालाई पुनः निर्देशन दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);