पूँजी बजारमा लगानी बढाउन नागरिक लगानी कोषलाई अर्थमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पूँजी बजारमा लगानी बढाउन नागरिक लगानी कोषलाई अर्थमन्त्रीको निर्देशन

yuwaraj khatiwada

काठमाडौं, ४ चैत । सरकारले बैंक तथा वित्तिय संस्थाहरुलाई नियमन गर्न छुट्टै कानुन बनाउने भएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बैंक तथा वित्तिय संस्थाहरुले जथाभावी लगानी गर्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले छुट्टै कानुन बनाउने तयारी गरिरहेको जानकारी दिएका छन् । सोमबार राजधानीमा नागरिक लगानी कोषको कार्यालय भवन शिलान्यास कार्यक्रममा उनले पूँजी बजारमा लगानी बढाउन पनि कोषलाई निर्देशन दिए ।

उनले सरकारी बैंक तथा वित्तिय संस्थाहरुले मौद्रिक बजारमा लगानी गर्न नपाउने तर्फ पनि सचेत गराएका छन् । आयआर्जन हुने क्षेत्रमा लगानी गरेर नागरिक लगानी कोषले पूँजी बजारको विस्तारमा योगदान दिनुपर्ने अर्थमन्त्री खतिवडाको भनाई छ ।

उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन पनि नागरिक लगानी कोषको ध्यानाकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);