विकासका लागि बिदेशी लगानी आवश्यक, चैत्रको दोश्रो साता लगानी सम्मेलन गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विकासका लागि बिदेशी लगानी आवश्यक, चैत्रको दोश्रो साता लगानी सम्मेलन गर्दै

baideshik lagani

काठमाडौं, ४ चैत । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा विकास गर्ने उदेश्यले सरकारले चैत्रको दोश्रो साता लगानी सम्मेलन गर्दैछ । विकासका लागि बिदेशी लगानी आवश्यक रहेको सरोकारवाला निकायले बताउदै आएका छन् । यसका लागि सरकारले स्पष्ट कानुन बनाई लगानीमैत्री वाताबरण बनाउनुपर्ने उनीहरुको सुझाव रहेको छ ।

नेपाललाई वैदेशिक लगानीको आकर्षक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ सरकारले चैत्र १५ र १६ गते लगानी सम्मेलन गर्ने भएको छ । नेपालको तुलनात्मक लाभ र बजार प्रवद्र्धन गर्न सकिने र निर्यातको सम्भावना रहेका क्षेत्रमा निजी लगानी प्रोत्साहित गरिने नीति अनुरुप लगानी सम्मेलनको आयोजना गर्न लागिएको हो ।

विश्वका बिभिन्न देशहरु भियतनाम,लाओस भुटान देखी भारत, चिन लगाएतका देशहरुले वैदेशिक लगानी भित्राएर राम्रो आर्थिक विकासका साथै राम्रो आर्थिक वृद्धिदर हासिल गरिरहेको वर्तमान समयमा नेपालजस्तो अल्पविकसित देशमा वैदेशिक लगानी भित्राउनका लागि गर्न लागिएको लगानी सम्मेलनलाई सकारात्मक रुपमा लिन सकिन्छ । नेपाल सरकारले अपेक्षा गरे अनुसारका क्षेत्रहरुमा वैदेशिक लगानी भित्राउन सके नेपालले विकासमा फड्को मार्न सक्ने देखिन्छ ।

तर, नेपालले अपेक्षा गरेअनुसारको वैदेशिक लगानी भित्राउनका लागि लगानी सम्मेलनले मात्र भने पुग्दैन । यसका लागि त्यस्तै विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानून लगाएतमा सुधार गर्न आवश्यक छ । चैत्र दोस्रो साता हुने लगानी सम्मेलनमा बिभिन्न ४० देशको ४ सय जना सहभागी हुनेछन् । उक्त सम्मेलनमा सरकारले आफ्नै पहलमा ४६ वटा र निजी क्षेत्रका १७ ओटा परीयोजना लगानीकर्ता माझ राख्ने जनाएको छ । सरकारको उद्येश्य राम्रो भएपनि यसलाई प्रभावकारी बनाउनका लागि कर्मचारी तन्त्रको ढिलासुस्तीको अन्त्य तथा स्पष्ट करप्रणाली लागूगर्नका लागि पहल गरिनुपर्ने आर्थिक क्षेत्रका जानकारले बताएका छन् ।

लगानी सम्मेलनमा सरकारले बिदेशी लगानीकर्ता माझ लगानीगर्ने बातावरण र परियोजनाहरु देखाई करिव ३० खर्व रुपैया वरावरको लगानी भित्राउने उद्येश्य राखेको छ । पुर्वाधार बिकासका आयोजनामा जोड दिदै यातायात,पर्यटन,कृषि,शिक्षा,शहरी विकास, उद्योग उर्जा लगायतका सातओटै प्रदेशमा पर्ने सवै खाले योजनाहरु सरकारले छानेको छ ।

यो सरकारको सकारात्मक कदम हो । तरपनी कुनैपनी देशले लगानी गर्नको लागी उसले त्यसदेशको कार्यप्रणाली कार्यबिधि हेर्ने भएकोले सरकारले स्पष्ट कानून,सरल प्रक्रिया,सुरक्षाको प्रत्याभुती,समयमा काम सम्पादन हुनसक्ने गरी सहजीकरण लगायतमा लगानीकर्तालाई स्पष्ट पार्नुपर्ने पुर्व सहसचिव रमेशकुमार अधिकारीको भनाई रहेको छ ।

रोजगारीका लागि लाखौ युवाहरु बैदेशिक रोजगारीमा जानुपर्ने नेपालको हालको यर्थातता हो । यस्तो समयमा देशमा लगानी वढाउन सके रोजगारीमा समेत वृद्धि हुनेछ । त्यसैले पनी सरकार लगाएतका अन्य सवै सरोकारवालाहरुले स्वेदेशी तथा वैदेशिक लगानीका लागि वातावरण तयार गर्न आवश्यक छ । यसो हुनसके रोजगारीको सृजना हुनुका साथै राष्ट्रिय आयमा समेत वृद्धि हुनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);