केरुङ काठमाण्डौ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि १७ अर्ब माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

केरुङ काठमाण्डौ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि १७ अर्ब माग

artha samitimaa rel

काठमाडौं, ४ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि तत्काल १७ अर्ब बजेट निकासा गर्न सरकारसँग माग गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले चीन सरकारको सहयोगमा पूर्व संभाब्यता अध्ययन सम्पन्न गरेको सो रेलमार्गको संभाब्यता अध्ययनका लागि तत्काल १७ अर्ब बजेट आवश्यक रहेको बताएका हुन् ।

सोमबार संसदको अर्थ समितिको बैठकमा उनले बजेटको अभावमा वीरगंज–काठमाडौं रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययनको कामलाई अघि बढाउन नसकिएको पनि स्पष्ट पारे । सो रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन भारत सरकारको सहयोगमा सम्पन्न गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार केरुङ–काठमाडौं रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि करिव ३५ अर्व लाग्ने अनुमान गरिएको छ भने वीरगंज–काठमाडौं रेलमार्गको लागि करिव ७ अर्व लाग्ने अनुमान गरिएको छ ।

सचिव अधिकारीले मन्त्रालयले चालू आर्थिक वर्षको हालसम्म ३८ प्रतिशत पूँजीगत खर्च गरेको पनि समितिलाई जानकारी दिए । उनले चालू आर्थिक वर्ष भित्र आफ्नो मन्त्रालयले लक्ष्य अनुसारनै पूँजीगत खर्च गर्ने दावी पनि गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);