फरवार्ड लघुवित्तले मुलुकको गरिबी निवारणमा टेवा पुर्याएको छः संस्थापक अध्यक्ष चौधरी | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

फरवार्ड लघुवित्तले मुलुकको गरिबी निवारणमा टेवा पुर्याएको छः संस्थापक अध्यक्ष चौधरी

काठमाडौं, १८ भदौ । मुलुकको गरिबी निवारणका लागि फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष भूमिका खेलेको संस्थाकी संस्थापक अध्यक्ष भगबती चौधरीले बताउनु भएको छ । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष चौधरीले मुलुकको गरिवी निवारणमा टेवा पुर्याउनुका साथै महिलाहरूमा वित्तीय पहुँच पुर्याएर उनीहरूलाई स्वाबलम्बी समेत बनाएको बताउनु भयो ।

मुलुकको गरिवी, अशिक्षा, स्वास्थ्य सचेतनाका क्षेत्रमा आफुले सक्दो प्रयास गरेको चौधरीको भनाई छ । गरिबी निवारणका लागि लघुवित्तका माध्यमबाट ग्रामिण महिला दिदिबहिनीहरुलाई वित्तिय क्षेत्रमा जोड्न सफल भएको उनको भनाई छ । लघुवित्तकै कारण ग्रामिण महिला दिदीबहिनीहरुको जीवन सहज भएको उनको दावी छ ।

‘लघुवित्त कार्यक्रमबाट महिलाहरुले जीवीकोपार्जनदेखि परिवारको हरेक सपना पुरा गरेका छन् । छोराछोरीहरूलाई राम्रो स्कुलमा पढाएका छन् । घरजग्गा, सम्पत्ति जोडेका छन् । ग्रामिण अर्थतन्त्रको मेरूदण्ड नै हो लघुवित्त कार्यक्रम ।’ प्रतिनिधि सभा सदस्य समेत रहेकी चौधरीले भन्नुभयो ।

लघुवित्तको मूल उद्देश्य भनेकै गरिबीको अन्त्य सँगै महिलाहरुलाई उद्यमी बनाउनु रहेको चौधरीको भनाई छ । लघुवित्त कार्यक्रममा जोडिएर नै महिलाहरूमा वित्तीय साक्षरता बढेको र उनीहरू उद्यमी बनेर सुखी र खुसी जीवन व्यतित गर्न सफल भएको अध्यक्ष चौधरीको भनाई छ । ‘विना धितो लघुवित्त क्षेत्रले महिला दिदीबहिनीहरुलाई कर्जा प्रवाह गर्दा गरिखान सहज भएको छ, छोराछोरीहरूलाई राम्रा स्कुलमा पढाएका छन् । श्रीमानको कमाइमा मात्र भर पर्नु परेको छैन । साथै, महिला स्वरोजगार भएकैले कतिपय घरेलु हिंसा समेत कम भइरहेका छन् ।’ चौधरीले भन्नुभयो ।

लघुवित्तको महत्व बुझि यसका खराब पक्ष हटाउन सबै पक्ष लाग्नुपर्नेमा चौधरीले जोड दिनुभयो । पछिल्लो समय लघुवित्तका सन्दर्भमा नकारात्मक विषयहरू बढी आएको र यसलाई नियन्यण गर्न आफनो दाहित्व रहेको उनको भनाई छ । चौधरीले लघुवित्तको ऋण तिर्नुपर्दैन भन्ने भ्रम हटाउन आग्रह समेत गर्नुभयो ।

‘लघुवित्तबाट कर्जा लिएपछि तिर्नुपर्दैन भन्ने भ्रममा नपरौ, लघुवित्त संस्थाहरूमा आम सर्वसाधारणले एक एक पैसा बचत गर्नुभएको छ । ऋण नतिर्दा ती सदस्यहरूको बचत पनि जोखिममा पर्दछ ।’लघुवित्त सबैको साझा संस्था भएकोले यसको सदुपयोग गर्न चौधरीले आग्रह गर्नु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);