कृषि सहकारी संघको ९ औँ बार्षिक साधारणसभा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

कृषि सहकारी संघको ९ औँ बार्षिक साधारणसभा सम्पन्न

पर्सा, २४ पुष । जिल्ला कृषि सहकारी संघ पर्साको ९ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । संघले स्थापना काल देखि सदस्य संस्था एवं कृषक बर्गको उत्थान, क्षमता विकास, शुसासन र व्यवस्थापनको लागि सरोकारवाला निकाय संग समन्वय, सहकार्य, छलफल र अन्तरक्रिया लगायत गर्दै आएको छ ।

ग्रामिण समुदायमा वितिय पहुचका साथै घरेलु हिंसा न्यूनीकरण गर्दै लैंगिक ससक्तिकरण र बिपन्न बर्गको उतथानमा सहकारी संघ संस्थाहरु सहायक सिद्ध भएको बताईएको छ ।मुलुकको आर्थिक सम्वृद्धि, सामाजिक न्याय तथा गरिबी निवारणका लागि सहकारीको अपरिहारतालाई मनन गर्दै नेपालको संबिधान २०७२ र नेपाल सरकारको नीति तथा कार्यक्रममा सार्वजनिक, निजि र सहकारी क्षेत्र मार्फत समाजबाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्न तिनखाम्बे अर्थनीति सहकारी क्षेत्रको बिशेष भूमिलाई प्राथमिकतामा राखेकोले सहकारी क्षेत्रको महत्व थप उजागर भएको छ ।

हाल सहकारी क्षेत्रको योगदान वितिय क्षेत्रमा २१ प्रतिसत र कुल ग्राहस्थ उत्पादनमा करिब ४ प्रतिसत रहेको अनुमान गरिएको छ । यस क्षेत्रको योगदानलाई थप बृद्धि गर्न समग्र सहकारी संघ संस्थाहरुको प्रवर्दन र सुध्रीढीकरण गर्न आवस्यक रहेको बताईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);