जनकपुरधामका भेट फर्माहरुमा अनुगमन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जनकपुरधामका भेट फर्माहरुमा अनुगमन

जनकपुरधाम, २४ पुष । जनकपुरधाममा रहेका भेट फर्माहरुमा आज शुक्रबार गरिएको अनुगमनमा केहि केहि म्याद गुज्रेका तथा प्रतिवन्धित औषधि फेला परेका छन् । घरपालुवा पशुपक्षीको उपचारका लागि खोलिएका भेट फर्माहरु अनुगमनका क्रममा केही फर्मावाट म्याद गुज्रेका तथा विक्रिका लागि प्रतिबन्धित भएका औषधिहरु नियन्त्रणमा लिईएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाका पशु विकास अधिकृत तथा सूचना अधिकारी डा.जिवेन्द्र झाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, उपभोक्ता हित संरक्षण मंच जनकपुरधाम नगर समितिको सहभागितामा भएको अनुगमनको क्रममा जनकपुरधामको भानु चौकमा रहेको जानकी भेट फर्मावाट केही म्याद गुज्रेका औषधि नियन्त्रणमा लिईएको डा. झाले बताउनु भयो ।

उहाँले अनुगमनका क्रममा आधा दर्जन भन्दा बढी पसलहरुमा गरिएको अनुगमनमा केहि कमजोरीहरु देखिएको बताउनु भयो । नेपालमा प्रतिन्धित औषधिहरु फेला परेकाले पहिलो पटकमा पसलेहरुलाई सुझाब दिएको र पछि त्यस्ता प्रतिबन्धित सामान फेला परे कारबाही गर्ने बताउनु भयो ।

अनुगमनका क्रममा नेपालमा अनुमति नभएको वेलामाईल वि कम्पलेक्स औषधि पनि अनुसन्धानका लागि नियन्त्रणमा लिईएको छ । यसै गरि जनकपुरधामको अन्य फर्माहरुमा अनुगमन गर्दै म्याद गुज्रेका औषधिको भण्डारन गर्दा छुट्टै ठाउँमा राख्न, खोपहरु फ्रिजमा राख्दा तापक्रम मेन्टेन नभएको भए मेन्टेन गरेर राख्नका लागि निर्देशन दिने काम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);