नवलपुरमा बजार अनुगमन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नवलपुरमा बजार अनुगमन सुरु

नवलपुर,२३ असाेज । चाडबाड नजिकिदै गर्दा नवलपुरमा पनि बजार अनुगमन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले निजी क्षेत्रको सहकार्यमा बजार अनुगमन गरेको हो ।कावासोती नगरपालिका ,मध्यबिन्दु नगरपालिका र विनय त्रिवेणी गाउँपालिका स्थानीय पसलमा अनुगमन गरिएको छ। स्थानीय प्रशासनले किराना पसल,औषधि, फेन्सी तथा होटलहरुमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा म्याद नाघेका, लेवलिङ्ग नगरेका र उपभोक्ता संग बढि मुल्य लिने गरेको भेटिएको छ । यही असोज २९ गते सम्म स्थानीय बजारहरुमा अनुगमन गरिने भएको छ। जिल्लाका विकट तथा अनुगमन नपुगेका स्थानमा बढि जोड दिने बताइएको छ। अनुगमनमा क्रममा म्याद गुज्रेका, लेबलिङ नगरिएका, सडेका उपभोगीय सामग्री भेटिएको अनुगमन टोलीले बताएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);