जनप्रतिनिधिको पसलमै अवैध पटाका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

जनप्रतिनिधिको पसलमै अवैध पटाका

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले तिहार लक्षित बजार अनुगमन सुरु गरेको छ । पालिकाले सोमबारबाट बजार अनुगमन सुरु गरेको छ । आज पहिलो दिन ग्रामीण क्षेत्रमा बिक्री गर्न राखिएका म्याद गएका बस्तु र पटाका बरामद गरिएको छ । नगरपालिकाको वडा नम्बर ७ मानपुर सेखुनियामा रहेको आर के इलेकट्रिकलबाट ठूलो संख्यामा पटका बरामद गरिएको हो । पसलका सञ्चालक राम किशोर रैदास बुद्धभूमि नगरपालिका ७ का वडा सदस्य किस्लावती चमाईनीका छोरा हुन् । 

चाडपर्वमा नागरिकको स्वास्थ्य र सुरक्षाको लागि ग्रामीण भेगका पसलमा अनुगमन गरेको थियो । सोमबार पालिकाको वडा नम्बर ६ र ७ को अनुगमन भएको नगरपालिका उद्योग वाणिज्य तथा सहकारी अधिकृत विजय भुसालले बताए । अनुगमनका नियम विपरीत रहेका सामाग्री जफत गर्नुका साथै पसल सञ्चालकलाई सचेतसमेत गराएका थिए । 

अनुगमन टोलीले पटका, खाद्य सामाग्री, श्रृंगारका सामाग्री, सुर्ती तथा मदिरा जन्य पदार्थको अनुगमन गर्दै नियम विपरीत भएको जफत गरेको थियो । सञ्चार कर्मी, प्रहरी, व्यवसायी तथा समाजसेवीसहितको टोलीले तिहार लक्षित गरी नेपाल भित्र्याइएको विस्फोटक पदार्थ (पटाका) समेत बरामद गरेको थियो । बरामद भएका सामाग्रीलाई खाल्टोमा पुरेर नष्ट गरिएको बताइएको छ । दशैँ अगाडीदेखि सुरु भएको बजार अनुगमन प्रभावकारी देखिएकोले निरन्तरता दिनु पर्ने बुद्धभूमि उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष शोभाखर बन्जाडेले बताए ।

यता पालिकाले अनुगमन सुरु गरे पछि स्थानीय जनताले समेत खुसी व्यक्त गरेका छन् । चाडपर्वको समयमा व्यापारीले गुणस्तरहीन सामाग्री बेच्दै जनताको स्वास्थ्यमा खेलबाड गर्ने गरेका पटक पटक उजागर भएकोले नगरपालिकाले समयमा अनुगमन गर्दा व्यापारी सचेत हुनुको साथै जनता लाभान्वित हुने बुद्धभूमि-४ का कृष्ण गिरीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);