उपभोक्ता सरंक्षण विभागद्वारा अनुगमन तिब्र | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

उपभोक्ता सरंक्षण विभागद्वारा अनुगमन तिब्र

सुनसरी, १८ चैत । सुनसरीका बजारमा म्याद गुज्रेका र तोकिएको मुल्य भन्दा बढिमा सामान विक्री वितरण हुने गरेको भन्दै उपभोक्ताले गुनासो गर्न थालेपछि वाणिज्य तथा उपभोक्ता सरंक्षण विभागले अनुगमन थालेको छ ।

अनुगमनमा क्रममा म्याद गुज्रेका, गुणस्तर हिन, अंकित मुल्य भन्दा बढि, तोकिएका परिणाम भन्दा कम, तथा भारतबाट अवैध रुपमा राजश्व छलि ल्याइएका सामान विक्री वितरण गरेको पाईएको छ ।

नियम विपरित काम गरेका पसलहरुलाई ५ हजार देखी १० हजार सम्म जरिबाना गरिएको छ ।

बजार व्यवस्थापन तथा अनुगमनको लागि सुनसरी उद्योग बाणिज्य संघले प्रभावकारी रुपमा काम गर्न नसकेको उपभोक्ताले गुनासो गर्ने गरेका छन् । बिशेष गरि चाड पर्ब वा कुनै समयमा गरिने वेमौसमी अनुगमनले मात्र उपभोक्ताको अधिकार सुनिश्चीत गर्न सकिंदैन ।

व्यवस्थीत बजार र उपभोक्ताको हक अधिकार सुनिश्चीतका लागि स्थानीय निकाय तथा उद्योग वाणिज्य संघले तदारुकता देखाउनु आवश्यक छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);