व्यवसायीक किसानहरु बेमौषमी खेतीप्रति आर्कषित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

व्यवसायीक किसानहरु बेमौषमी खेतीप्रति आर्कषित

डडेल्धुरा, १८ चैत । डडेल्धुरा अमरगढी नगरपालीका ११ फिन्नकोटका किसानहरु व्यवसायीक बेमौषमी काक्रा खेतीमा आर्कषित भएका छन् ।

परम्परागत र निर्वाहमुखि खेतिको सट्टा बेमौषमी तरकारी खेतीले राम्रो बजार र मुल्य पाउन थालेको छ ।

तिन महिनामा उत्पादन गर्न सकिने काँक्रो खेतिबाट ३ लाख सम्म किसानले आम्दानी गर्ने गरेका छन् । नियमीत खर्च सँगै बचत पनि गर्न थालेको कृषक बताउँछन् ।

फिन्नकोटका ८० घर परिवार किसान अन्य काम छोडेर काक्रा खेती गर्न थालेका छन् । स्थानिय स्तरमा उत्पादन भएको बमौषमी काँक्रोको माग कैलाली, कञ्चनपुर सम्म हुन थालेको छ ।

अहिले डडेल्धुराको फिन्नेकोट, भागेश्वर आलिताल, नवदुर्गा गाउँपालिका लगायत पर्शुराम नगरपालीकाको चिस्यान कम हुने क्षेत्रका किसान केही वर्ष यता बेमौसमी काक्रा खेती गर्न थालेको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

स्थानीय स्तरमा बमौषमी तरकारी काँक्रो उत्पादन हुन थाले पछि जिल्ला काँक्रो उत्पादनमा आत्मनिर्भर भएको छ ।

स्थानिय तहले कृषकलाई आवश्यक तालिम तथा प्राविधिक सेवा सुविधा उपलब्ध गराएर समग्र जिल्ला लाई तरकारीमा आत्मनिर्भर गराउन अग्रसर हुने तर्फ ध्यान पुग्नु आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);