बजार अनुगमनमा तिव्रता, २ दिनमा ५ हजार बराबरको पेय पदार्थहरु नष्ट | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बजार अनुगमनमा तिव्रता, २ दिनमा ५ हजार बराबरको पेय पदार्थहरु नष्ट

बीरगञ्ज, २२ भदौ । ५ महिना को लकडाउन र ४० दिन को निषेधाज्ञापछि बीरगञ्जमा आलोपालो गरेर पसल सञ्चालन भए सँगै यतिखेर बजार अनुगमनलाई तिव्रता दिएको देखिन्छ । उपभोक्ताहरुको गुनासो आए पछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीद्वारा बीरगञ्ज महानगरपालिका स्थित राधेमाई , विन्दवासिनिमा रानिघाट, पानगलि रहेका विभिन्न खाद्यन्न तथा किराना पसलहरुमा अनुगमन गरेको छ ।

मूल्य सूची नराखेको तथा खरिद बिल उपलब्ध गराउन नसकेको र म्याद गुज्रेका समानहरु संचित गरी राखेको, अवस्थामा फेला परेको पसलहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको जरिवाना गरिएको तथा खाद्य बस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धि नगरी विक्रि वितरण गर्ने भनी निर्देशन समेत दिइएको छ ।

अनुगमन टोलीले २ दिनमा मात्र एक लाख असि हजार ( १,८०,००० ) रकम कारवाही गरेर उठाएको छ । २ दिनमा ५ हजार बराबरको पेय पदार्थहरु नष्ट गरिएको छ । कोरोना महामारीको विषम परिस्थितिमा कहि कतै कुनै वस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धी गरी विक्री वितरण गरेको देखिएमा तुरुन्त खबर गर्न आग्रह गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);