युरिया मलको चरम अभाव हुँदा किसानहरु मर्कामा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

युरिया मलको चरम अभाव हुँदा किसानहरु मर्कामा

चितवन,२२ भदाै । युरिया मलको चरम अभाव हुँदा चितवनका किसानहरु मर्कामा परेका छन् ।धानवालीमा मल हाल्ने समय हुदाँँ समेत बजारमा मल नपाउँदा किसानहरु मर्कामा परेका हुन ।

कोरोना भाइरसलाई बेवास्ता गर्दै चितवनका किसानहरु मल लिन विहानैदेखि लाइनमा बस्ने गरेका छन् । कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको चितवनमा महामारीको चुनौतीका बावजुद पनि मलका लागि लाइन बस्नुपरेको किसानको भनाई छ ।

गत वर्ष भदौ महिनामा मात्रै १ हजार मेट्रिक टन मल विक्रि भएकोमा यो वर्ष अभावका कारण ४ सय २६ मेट्रिक टन मात्रै विक्रि गर्न सकिएको साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेड चितवनले जनाएको छ ।

चितवनमा कुल मागको ३० प्रतिशत साल्ट्र ट्रेडिङ र ७० प्रतिशत कृषि सामाग्री कम्पनी मार्फत आपूर्ति तथा बिक्री वितरण हुने गरेको छ । साल्ट्र ट्रेडिङले मल ल्याएर बिक्री गरेतापनि कृषि सामाग्रीले मल ल्याएर बिक्री गर्न नसक्दा अभाव भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);