वीरगञ्जमा बजार आंशिक रुपमा खुल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वीरगञ्जमा बजार आंशिक रुपमा खुल्दै

वीरगञ्ज, २२ भदौ । नेपालको मुख्य नाका रहेको वीरगञ्ज बजार आंशिक रुपमा खुलेको छ । श्रावण १० देखी लागेको निषेधाज्ञा भने अहिले पनि जारी नै छ । श्रावण यता मात्र २ हजार भन्दा बढी कोरोना संक्रमित पर्सा जिल्लामा भेटिएको छ । तर कोरोना संक्रमितको संख्या दुइ हप्ता यता कम हुन थाले पछि स्थानिय प्रशासन ले आइतवार देखी बजार आलोपालो खोल्न दिएको हो ।

चैत्र देखी जेठ सम्म र पुन श्रावण देखी अहिले सम्म लागेको निषेधाज्ञा एवम् लकडाउनको कारण व्यापार व्यवसाय पुर्ण रुपमा प्रभावित भएको व्यवसायीहरुले बताएका छन् । बीरगन्ज नाका हुँदै भारतबाट समानहरुको आयात भएपनि करकारखानाहरु भने सुचारु हुन सकेको छैन । उघोग संचालनमा स्थानिय प्रशासनले अव्यवहारीक शर्तहरु लगाएको र मजदुर एवम् व्यवस्थापकहरुलाई उघोग जान आउन सवारी पास नदिएकोले उघोगहरु संचालन हुन नसकेको बीरगन्ज उघोग वाणिज्य संघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);