सीमा नखुल्दा चोरबाटोको प्रयोग, सरकारको राजस्व गुम्यो, व्यवसायीदेखि नागरिक मर्कामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सीमा नखुल्दा चोरबाटोको प्रयोग, सरकारको राजस्व गुम्यो, व्यवसायीदेखि नागरिक मर्कामा

बिमल क्षेत्री,
रुपन्देही । नेपालमा कोरोना भाईरसका कारण भारत–नेपाल सीमा बन्द गरिएको थियो । देशका अधिकांश स्थानमा कोरोना नियन्त्रणभै सहज हुँदै गएको भए पनि सीमा नाका नखुल्दा सहज रुपले मानिसहरु आउँजाउँ गर्न पाएका छैनन् ।

मुख्य नाका क्षेत्रबाट मानिसहरु ओहोर दोहोर गर्न नपाएपनि त्यसको सय मिटर टाडाबाट चोरबाटो हुदैँ लाईन बद्य भएर हिड्ने गरेको सजिलै देख्न सकिन्छ रुपन्देहीको कक्रहवा नाकामा ।

लुम्बिनी सांस्कृतिक नगरपालिका पर्ने नेपाल भरत नाका सुनसान छ । यहाँबाट न पारी बसेको एसएसबीले नागरीकलाई नेपाल आउन दिन्छ न त यताको नेपाली पुलिसले भारत तिर नागरीकलाई जान दिन्छ । तर यी दुवै देशका सुरक्षा बलको उपस्थितीमै नाकाको सय मिटरमै मानिसहरु धमाधम खेतको बाटो हुँदैै भारत नेपाल वारपार गर्छन् । नेपाल भरतलाई रोटो वेटीको सम्बन्ध भएको मित्र राष्ट्रको रुपमा हेरिन्छ । तर बैधानिक रुपमा नाका नखुल्दा दुवै देशका नागरीकले पाउनु सम्म सास्ती पाएका स्थानिय बताउँछन् ।

पानी परेको समयमा यि खेतहरु भरिन्छन् । यी खेतवाट महिला पुरुषहरु आधा डुबेरै वारपार गर्ने गर्दछन् । मुख्य नाकामा आवतजावतमा रोक लगाएको भएपनि नागरिकहरु वारपार गरिरहेका हुन्छन् । सीमा सुरक्षा बल ससस्त्र तथा जनपथ प्रहरी झोला चेकजाँच गरी सामान्य रकम दिएपछि छोड्ने गरेको स्थानिय सुरज कुमार कलवार बताउछन् । ‘यसरी मुख्य नाकानै बन्ध हुँदा स्थानिय व्यवसायीको व्यापार चौपट भएको छ भने राष्ट्रले पनि राजस्व गुमाएको छ ।’, उनले भने ।

ककरहवा नाका देखी भगवान गौतम बुद्धको जन्म स्थान लुम्बिनी झण्डै १२ किलोमिटरको दुरीमा रहेको छ । वर्षेनी लाखौँ पर्यटकहरु लुम्बिनी आउने गर्छन त्यसमध्ये केही प्रतिशत पर्यटक यही मार्ग हुदै आउने गर्दथे तर लकडाउन सामान्य भै कारोना पनि नियन्त्रण भैसकेको अवस्थामा पनि नाका नखुल्दा लुम्बिनीका पर्यटन व्यावसायी झन् चिन्तित बनेको समाजसेवी अक्रम खाँन बताउँछन् ।

‘यस नाकामा धेरै प्रभावशाली नेताहरु आउने, फोटो खिचाउने र नाकालाई सञ्चालन गर्ने आश्वासन बाढ्ने गरेपनि नाका खुलाउने तर्फ कसैको ध्यान गएको छैन ।’, उनले भने ‘नेताहरुको सामाजिक सञ्चालमा फोटो पोस्टिन्छ तर जनताको मागको सुनुवाई हुन सकेको छैन ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);