पोखराका दोहोरी साँझ रेष्टुरेन्ट सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

पोखराका दोहोरी साँझ रेष्टुरेन्ट सञ्चालनमा

मदन गिरी,
कास्की
। पोखरामा रहेका दोहोरी साँझ रेष्टुरेन्ट व्यवसाय शुक्रबार देखि सञ्चालनमा आएका छन् । केही समय अगाडि जिल्ला प्रशासन कार्यालय कास्कीलाई व्यवसायीले चाबी बुझाएका थिए । कोरोना महामारीका कारण जारी निषेधाज्ञाले आर्थिक समस्या भएको भन्दै उनीहरुले मंगलबार चाबी बुझाएका थिए ।

पोखरा दोहोरी साँझ रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष जीवन गुरुङले रात्रीकालिन व्यवसायीको पीडालाई सरकारले बुझ्न नसकेको बताए । ‘सार्वजनिक यातायात, दिवा रेष्टुरेन्ट र अन्य व्यवसाय संचालन भइरहँदा दोहोरी साँझ सञ्चालन हुन नपाउनु भनेको भेदभाव भएको बताए । सबै क्षेत्रले खोप पाउँदा दोहोरी साँझमा आबद्ध कर्मचारी खोपबाट अझैसम्म वञ्चित छन् ।’, उनले भने । ‘कास्की प्रशासनले छिटोभन्दो छिटो दोहोरी साँझ व्यवसायी र कर्मचारीलाई खोपको सुनिश्चितता भित्र ल्याउनु आवश्यक छ । १६ सय भन्दा बढी मानिस प्रत्यक्ष दोहोरी साँझ रेष्टुरेण्टमा कार्यरत छन।’

कास्कीमा अहिले अत्यावश्यक काम गरिरहेकाहरुलाई मात्र खोप दिइएको छ । सोचेजस्तो खोपको आपुर्ति गर्न नसिकिएको र केन्द्रबाट नै थोरै संख्यामा खोप आउँदा यस्तो समस्या भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । व्यवसायीका पीडालाई सम्बोधन हुने गरी कास्की प्रशासन समेत अगाडि बढीरहेको बताइएको छ ।

दोहोरी रेष्टुरेन्ट खुलेपछि रात्रीकालिन व्यवसायमा काम गर्ने हरुको अनुहारमा खुशि छाएको छ । सुरक्षा मापदण्ड अपनाएर राति १० बजेसम्म व्यवसाय सन्चालन गर्न जिल्ला प्रशासन कार्यलय कास्कीले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);