कास्कीका दाेहाेरी व्यवसायीले सीडीओलाई चाबी बुझाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कास्कीका दाेहाेरी व्यवसायीले सीडीओलाई चाबी बुझाए

मदन गिरी,
कास्की । पोखरामा रहेका दोहोरी साँझ रेष्टुरेन्ट व्यवसायीले जिल्ला प्रशासन कार्यालय कास्कीलाई चाबी बुझाएका छन् । कोरोना महामारीका कारण जारी निषेधाज्ञाले आर्थिक समस्या भएकाे भन्दै उनीहरुले मंगलबार चाबी बुझाएका छन् ।

पोखरा दोहोरी साँझ रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष जीवन गुरुङले रात्रीकालिन व्यवसायीको पीडालाई सरकारले बुझ्न नसकेकाे बताए । उनले सार्वजनिक यातायात, दिवा रेष्टुरेन्ट र अन्य व्यवसाय संचालन भइरहँदा दोहोरी साँझ संचालन हुन नपाउनु भनेकाे भेदभाव भएकाे बताए ।

संघका महासचिव चोलेन्द्र पौडेलले सबै क्षेत्रले खोप पाउँदा दोहोरी साँझमा आबद्ध कर्मचारी खोपबाट वञ्चित भएकाे बताए ।

कास्की प्रशासनलाई उनले छिटोभन्दो छिटो दोहोरी साँझ व्यवसायी र कर्मचारीलाई खोपको सुनिश्चितता भित्र ल्याउन आग्रह गरेका छन् । पौडेलले अब पनि व्यवसाय बन्द गर्ने अवस्था आए सबैको उठीबास लाग्ने बताए । पोखरामा १६ सय भन्दा बढी कर्मचारी दोहोरी साँझ रेष्टुरेन्टमा कार्यरत छन् ।

चाबी बुझ्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख थानेश्वर गौतमले दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायीहरुको मर्कालाई सम्बोधन गर्न आफ्नो र प्रशासनको तर्फबाट सक्दो पहल गर्ने बताए ।

कास्कीमा अहिले अत्यावश्यक काम गरिरहेकाहरुलाई मात्र खोप दिइएको, सोचेजस्तो खोपको आपूर्ति गर्न नसिकिएको र केन्द्रबाट नै थोरै संख्यामा खोप आउँदा यस्तो समस्या भएको उनले उल्लेख गरे ।

सीडीओ गौतमले व्यवसायीका पीडालाई सम्बोधन हुने गरी कास्की प्रशासन समेत अगाडि बढीरहेको जानकारी गराए । दाेहाेरी रेष्टुरेन्ट बन्द भएपछि दाेहाेरीमा काम गर्ने कलाकार, बाध्यवादन गर्नेहरु दैनिक ज्याला मजदुरी गरी जिविका चलाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);