कास्कीमा आजदेखि सार्वजनिक सवारीसाधन चल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कास्कीमा आजदेखि सार्वजनिक सवारीसाधन चल्ने

कास्की । कास्कीमा आजदेखि  सार्वजनिक सवारीसाधन चल्ने भएका छन् । कास्की प्रशासनले  आज बुधबारबाट लागु हुने गरी थप गरेको  निषेधाज्ञामा जिल्ला भित्रमात्र जोरबिजोरका आधारमा  सार्वजनिक सवारीसाधन  संचालन हुने जनाएकाे छ  । निजि सवारीसाधन पनि  जोरबिजोरका आधारमा संचालन हुने छन् ।

सवारीसाधन अन्तर्गत दुई पाङ्ग्रे र चार पाङ्ग्रे साना सवारी साधनहरु एवं  सार्वजनिक सवारीसाधनहरु जोर गते जोर नम्बर तथा बिजोर गते बिजोर नम्बरका गाडी  चल्नेछन् ।  निजी सवारी चार पाङ्ग्रे र दुई पाङ्ग्रेले स्वास्थ्य मापदण्ड अपनाएर  बढीमा चारपाङ्ग्रेका हकमा चालकसहित ४ जना यात्रु मात्र राख्न पाइने छ ।

सार्वजनिक सवारीसाधन संचालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु राख्न पाईने छैन  स्वास्थ्य मापदण्डहरु पुरा गरेर संचालन गर्न कास्की  प्रशासनले जानकारी गराएकाे छ ।

 विभिन्र पेसा, व्यवसाय गर्ने  पसलहरु बिहान ५ बजे देखि साँझ ६ बजेसम्म  खुल्ने छन। प्रशासन का अनुसार औषधी तथा स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुला रहने ।

तर  सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेण्ट, चिया तथा खाज पसल, मोटेल,  क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, स्पा,फुडसल, , जिमखाना, फिटनेश सेन्टर, , स्वीमि पुल, व्युटी पार्लर, शैलुन फुटपाथ लगाएतका  पसल  खोल्न  रोक लगाइएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार माथि उल्लेखित बाहेकका व्यवसायहरु मध्ये अत्यावश्यक दैनिक उपभोग्य खाद्य सामग्रीका पसल, तरकारी, पानी, फलफूल आदि बिहान ५ बजे देखि साँझ ६ बजेसम्म संचालन गर्न पाइनेछ ।

यस बाहेकका पसल तथा सेवा व्यवसाय बिहान ११ बजे देखि साँझ ६ बजेसम्म संचालन गर्न पाइनेछ । ताजा दुध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पुर्‍याउन  एवं बिक्री वितरण गर्न पाइनेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);